नर्सकाे हत्यापछि प्रेमी होटेलमा झुण्डिएको अवस्थामा मृत फेला

विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् ।

अस्पतालको अर्थाे विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । उनको हत्या प्रेमी २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजीमा  लागेको थियो । तर, उनी आफैँ मृत भेटिएको एसपी कार्कीले बताए । उनले प्रयोग गर्ने मोबाइलको लोकेसन नोबेल आस्पताल आसपास नै देखिएको र ट्रयाक गर्दै खोजी कार्यलाई तीव्र बनाइएको प्रहरी जनाएको छ ।

प्रहरी होटेल फाइनमा पुग्दा ढोका बन्द भेटिएको र फोरेर हेर्दा दास झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । यो होटेल नर्सको हत्या भएको कोठाभन्दा करिब तीन सय मिटर पूर्वदक्षिणमा पर्छ ।

प्रहरी अनुसन्धानबाट उनीहरूबीच चार वर्षदेखि प्रेम सम्बन्ध थियो । दास वैदेशिक रोजगारीमा मलेसिया गइ आएका थिए । तर, पछि चन्द्रिकाकुमारीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध बसेको र त्यसकै आवेगमा हत्या भएको अनुसन्धानले देखाएको मोरङ प्रहरीले जनाएको छ । शिवशंकर फागुन २७ गते मेलेसियाबाट आएर २९ गते विराटनगर आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर