बाँसबारीको सम्पतीसँग मेरो सरोकार छैन, आर्थिक विषयमा राजनीति नगरौं : विनोद चौधरी

नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले निजीकरण सम्बन्धी तत्कालीन कानून बमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धि छलफलमा भाग लिँदै सांसद चौधरीले उक्त सम्पत्तिसँग आफ्नो सरोकार नभएको बताएका हुन् । उनले प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालिन सरकारले खुला बजार अर्थतन्त्र, निजिकरण र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्वन गरेपछि राज्यको स्वामित्वमा रहेका सस्थानहरूको निजिकरण प्रक्रिया शुरू भएको बताए । उले नितान्त आर्थिक बिषय राजनीतिक बिषय बन्नु आफँैमा दुःखलाग्लो विषय भएको बताए ।

उनले सरकार आफैँले चलाइरहेका उद्योगहरूको सञ्चालनमा व्यहोर्नुपरेको आर्थिक भारलाई क्रमशः घटाउँदै लैजाने उद्देश्यले प्रथम चरणमा बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना र हरिसिद्धि इट्टा टायल कारखाना गरी तीनवटा सरकारी उद्योगको निजीकरण गर्ने निर्णय सरकारले गरेको जिकिर गरे । उनले बाँसबारी छालाजुत्ता कारखानासँगै च्याम्पियन, फुटवेयरमा कारखानाको नाममा रहेको २५ प्रतिशत शेयर समेत लिलामीमार्फत बिक्री गर्ने तत्कालिन सरकारको निर्णयानुसार लिलामिको दोस्रो सूचनामा उत्कृष्ट प्रश्ताव पेश गर्ने प्रचलित निजीकरण सम्बन्धी कानून बमोजिम हस्तान्तरण गर्ने निर्णय राज्यबाट भएको दाबी गरे ।

उनले भने,‘प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालिन सरकारले खुला बजार अर्थतन्त्र, निजिकरण र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्बन गरेपछि राज्यको स्वामित्वमा रहेका सस्थानहरूको निजीकरण प्रक्रिया शुरू भएको हो । सरकार आफैँले चलाइरहेका उद्योगहरूको सञ्चालनमा व्यहोर्नुपरेको आर्थिक भारलाई क्रमशः घटाउँदै लैजाने उद्देश्यले प्रथम चरणमा बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना र हरिसिद्धि इटाटायल कारखाना गरी तीनवटा सरकारी उधोगको निजीकरण गर्ने निर्णय सरकारले गरेको थियो । बाँसबारी छालाजुत्ता कारखाना लि. सँगै च्याम्पियन, फुटवेयर लि. मा कारखानाको नाममा रहेको २५% शेयर समेत लिलामी मार्फत बिक्री गर्ने तत्कालिन सरकारको निर्णयानुसार लिलामिको दोस्रो सूचनामा उत्कृष्ट प्रश्ताव पेश गर्ने प्रचलित निजीकरण सम्बन्धी कानून बमोजिम हस्तान्तरण गर्ने निर्णय राज्यबाट भएको हो । यो सम्पतीसँग मेरो सरोकार नभएको कुरा पनि म यहाँ राख्न चाहन्छु । म विगत ४५ वर्षदेखि नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउने अभियानमा सक्रियतापूर्वक क्रियाशिल छु । नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाई विश्वमा नेपालको गौरव बढाउन सकिन्छ भन्नेमा गहिरो विश्वासले गर्दा मलाई यो बाटोमा डो¥याइरहेको छ । म आफ्नो उद्यम व्यवसायका माध्यमद्वारा होस् वा निजी क्षेत्रका नेतृत्वदायी सस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षका रुपमा वा राजनीतिका माध्यमद्वारा, मेरो एकमात्र उदेश्य नेपाललाई आर्थिक रुपमा सम्पन्न मुलुकका रुपमा स्थापित गर्नु हो । मैले मेरो जीवनकाल विकास केन्द्रित अभियानमा बिताएको छु । यस्तो नितान्त आर्थिक बिषय राजनीतिक विषय बन्नु आफैँमा दुःखलाग्लो विषय भएको मैले अनुभव गरेको छु । यस्तो विषयलाई राजनीतिकरण गर्ने प्रवृत्तीले वर्तमान अर्थतन्त्रका चुनौतिलाई थप जटिल बनाउँछ भन्ने मलाई लाग्दछ । देशले लामो सयमदेखि प्रतिक्षा गरिरहेको विषय पनि यहि नै हो । यसलाई पार्टीगत रुपमा बिरोध वा समर्थनको विषय बनाइनु हुँदैन भन्नेमा कसैको विमति रहनेछैन भन्नेमा पनि म उत्तिकै विश्वास राख्दछु ।’

उनले राजनीतिकरण गर्ने प्रवृत्तिले वर्तमान अर्थतन्त्रका चुनौतिलाई थप जटिल बनाउँदै लैजाने दाबी गरे । उनले यो विषयलाई पार्टीगत रुपमा बिरोध वा समर्थनको विषय बनाउन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *