सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ : सासद महत

नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताएका छन्।

संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले कुनै पनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरुले कानुनी शासनको पालना गर्न आवश्यक रहेको बताए।

उनले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्यो भने गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। उनले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।

उनले भने, ‘हामी सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा छौं। कुनै पनि सार्वजनिक जीवनमा रहेका जो कोहीले पनि यो जुन मूल्य र मान्यता छ, कानुनी शासनको व्यवस्था जुन छ, त्यो उच्च मर्यादालाई हामी सबैले पालना गर्नुपर्छ। जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्छ, अनुसन्धानले केही समस्या देखाउँछ भनेदेखि त्यसको गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्छ।’

उनले सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिहरुमा अनियमितताको प्रश्न उठेको खण्डामा कानुनको दायरामा आउनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *