महराको उपचार व्यवस्था गर्न सीआईबीलाई अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ ।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ ।

अदालतको आदेशका कारण प्रहरीले आजै उनलाई अस्पताल भर्ना गर्ने तयारी गरेको छ । उनको बिमारीबारे खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर