![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
रुसमा मृत्यु भएका नेपालीहरूको शव पहिचान गर्न आफन्तको ‘डिएनए’ परीक्षण गरिँदै
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मङ्गलबार सात जनाको र आज एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ ।
रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको डिएनए नमुना पठाइन दिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतावासमार्फत आग्रह गरेको थियो ।
नेपाल प्रहरीबाट डिएनएको रिपोर्ट आएलगत्तै उक्त विवरण मस्को पठाइने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए । उनका अनुसार विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकिन गरिपाउँ भनेर आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले यसअघि पटक-पटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १७ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ ।
प्रतिक्रिया