इन्डोनेसियाको राष्ट्रपतिमा प्रबोवो सुबियान्तो विजयी

इन्डोनेसियाका प्रबोवो सुबियान्तो विश्वको तेस्रो सबैभन्दा ठूलो लोकतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएको निर्वाचन आयोगले बुधबार बताएको छ । मतदानका बारेमा कानूनी उजुरी गर्ने वाचा गरेका दुई प्रतिद्वन्द्वीलाई उनले निर्णायकरूपमा हराए ।

रक्षामन्त्री प्रबोवो र उहाँका उपराष्ट्रपतिका उम्मेदवार जिब्रान राकाबुमिङ राकालाई नौ करोड ६० लाखभन्दा बढी मत प्राप्त भएको निर्वाचन आयोगका अध्यक्ष हसिम अस्यारीले जानकारी दिए । उक्त मत कूल गणनाको ५८ दशमलव छ प्रतिशत हो र पहिलो चरणमा बहुमत हासिल गर्नका लागि पर्याप्त हो ।

एनिस बास्वेदनले करिब चार करोड १० लाख मत अर्थात कूल गणनाको २४ दशमलव नौ प्रतिशत प्राप्त गरे भने गञ्जर प्रणोवोलाई १६ प्रतिशत अर्थात दुई करोड ७० लाख मत प्राप्त भयो ।

प्रबोवो र जिब्रान (निवर्तमान राष्ट्रपति जोको विडोडोका जेठा छोरा) ले अनौपचारिक गणनामा बहुमत हासिल गरेको देखिएपछि गत महिना पहिला नै जीतको घोषणा गरेका थिए ।

तेस्रो प्रयासमा ७२ वर्षीय प्रबोवोले राष्ट्रपति पदमा विजयी हुने भविष्यवाणी गरिएको थियो । उनले अक्टोबरमा राष्ट्रपतिको जिम्मेबारी सम्हाल्ने छन् । आफ्नो लोकप्रिया भाषणमा राष्ट्रवादी भावना, रक्षामन्त्रीका रूपमा बलियो साख र जोकोवीको नामले लोकप्रिय विडोडोको समर्थनका कारण प्रबोवोको लोकप्रियता बढेको विशेषज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *