महिला न्यायाधीशहरुले सम्पादन गरेका मुद्दा विवादरहित छन्ः मन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु धेरै विवादरहित रहेको बताएका छन् ।

शुक्रबारदेखि ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनमा उनले न्याय सम्पादनमा आएका कमीहरु पुनः सच्याइएको उदाहरण रहेको उल्लेख गर्दै न्याय सम्पादन सधैँ सही नहुने बताए ।

महिला न्यायाधीशहरुले गरेकोको न्याय सम्पादन न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने ल्याकत सहितको हुने गरेको विगतबाट देखिएको बताए । उनले कानूनको अध्ययन गर्ने महिलाहरुको संख्या पनि उल्लेख्य रहेको बताए । उनले अध्ययन समयदेखि नै महिलाहरुलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको धारणा राखे ।

पछिल्लो समय कानून अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको भन्दै उनले खुशी प्रकट गरे । ‘राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्वको कुरा ग¥यौँ । सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको कुराहरु हामीले गरेका छाँै । अहिले पनि न्यायको क्षेत्रमा हामीले जसरी न्यायाधीशहरुको नेतृत्व प्रदान गर्नुपर्ने हो, त्यसमा अझै धेरै कमजोरीहरु रहेका छन् । यो यथार्थ हो । आजको दिनमा पनि १०.५ प्रतिशत मात्रै भनेर हामीले आँकडा मैले सुनेँ । यो अत्यन्त कम हो । यसो भन्दैमा हामीले यसको कलेजमा कानून पढ्ने विद्यार्थीदेखि नै महिलालाई यो क्षेत्रमा आकर्षित गर्न सकिएन भने सर्वोच्च अदालतमा एकैपटक धेरै न्यायाधीश हामीले खोजेर पाउँदैनौँ । तर पछिलो समयमा एउटा खुशीको कुरा के छ भने कलेजहरुमा पनि उल्लेख्य मात्रामा महिला कानूनका विद्यार्थी पाउँछौँ,’ उनले भने ।

मन्त्री गिरीले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरुलाई निश्चित रुपमा कार्यान्वयन गर्नका निम्ति र कानूनहरु निर्माण गर्नका निम्ति सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले महिला न्यायाधीशहरुको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *