लगानी सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष रेजर आउने

नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजर आउने भएका छन् । बिहीबार भर्चुअल बैठकमा अर्थमन्त्री वर्षमान पुनले गरेको निमन्त्रणा स्वीकार्दै उनले लगानी सम्मेलनमा सहभागी हुने बताएका हुन् ।

रेजले विश्व बैंकअन्तर्गत दक्षिण एसिया क्षेत्रको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनीसहित अन्य उपाध्यक्ष आकिहिको निसिओ र ग्वान्झे चेनसँग अर्थमन्त्री पुनले भर्चुअल छलफल गरेका थिए ।

त्यस क्रममा नेपाल र विश्व बैंकबीचको आगामी पाँच वर्षका लागि साझेदारी खाका निर्माण तथा माथिल्लो अरुण जलविद्युत् आयोजना र दूधकोशी जलाशययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *