मधेश सरकारमा एमालेबाट थपिए ३ मन्त्री

मधेश सरकारमा एमालेबाट ३ मन्त्री थपिएका छन् । आज मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

शनिबार एमालेका शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या, राजकुमार लेखी गृह, सञ्चार तथा कानून र प्रमोद जयसवाल शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएका छन् । जयसवाल स्वतन्त्रतर्फ जितेर एमाले प्रवेश गरेका थिए ।

उनीहरुले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पदको शपथ लिएका छन् । यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *