पुटिनको आरोपमा युक्रेनद्वारा खण्डन : जेलेन्स्कीले भने- रुसले सधैँ पुरानो चाल खेल्छ

युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा शनिबार भएको आक्रमणमा आफ्नो देशलाई दोष दिन चाहेको बताएका छन् । शुक्रबार राति मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु भएको थियो । रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरिएको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले भने, ‘शुक्रबार राति मस्कोमा के भयो, त्यो स्पष्ट छ । तर, पुटिन र केही अन्य मानिसहरूले आक्रमणको दोष अरू कसैमाथि लगाउन खोजिरहेका छन् ।’ पुटिनले पत्रकारहरुसँग आक्रमणपछि आक्रमणकारी युक्रेनतर्फ भागिरहेको बताएका थिए ।

रूसले सधैँ पुरानो चाल खेल्ने बताउँदै जेलेन्स्कीले युक्रेनलाई कुनै पनि कुराको लागि दोष दिने जिकिर गरे । मस्कोले युक्रेनमा आक्रमण गरेको दुई वर्षभन्दा बढी समयपछि आएको रुसी नेताको दाबीलाई कीभले खण्डन गरेको छ ।

‘यो आक्रमणपछि रुसी जनतालाई सान्त्वना दिनुको सट्टा पुटिन दिनभर मौन बसे । यसको दोष युक्रेनलाई कसरी लगाउने भनेर सोचिरहे’ उनले भने, ‘सबै कुरा पूर्णतया अनुमानित छ ।’

यता, मस्को आक्रमणको जिम्मा आइएस समूहले लिएको छ । यो रुसमा झण्डै दुई दशकयताकै सबैभन्दा घातक आक्रमण र युरोपमा सबैभन्दा घातक आक्रमण आइएसले दाबी गरेको थियो । तर, पुटिनले आफ्नो सम्बोधनमा समूहको जिम्मेवारीको दावीलाई कुनै सन्दर्भ गरेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *