आयरल्यान्ड वुल्भ्ससँग खेल्ने नेपाल ‘ए टोली घोषणा

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयरल्यान्ड वुल्भ्सको सामना गर्ने नेपाल ‘ए टोली घोषणा गरेको छ । क्यानले विकेटकिपर विनोद भण्डारीको कप्तानीमा टि२० र एकदिवसीय खेलका लागि छुट्टाछुट्टै टोली घोषणा गरेको हो ।

नेपाल ‘ए’ले आयरल्यान्ड वल्भ्ससँग ३–३ टि २० र एकदिवसीय खेल खेल्नेछ । दुई फर्म्याटका लागि दुई फरक टोली घोषणा गरिएको छ । त्यसअघि नेपालको सिनियर टोलीले वल्भ्ससँग २ टि२० खेल्ने कार्यक्रम छ ।

नेपाल ‘ए’ को टि२० टोलीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन् ।

यस्तै, एकदिवसीय टोलीमा विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *