मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् ।

अन्तर धार्मिक सद्भाव समन्वय सङ्घ नेपाल रुपन्देहीले आज धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले धार्मिक र जातिय द्वन्द्व जस्ता गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

कुनै पनि धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने उनले बताए ।  प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिक रूपमा शान्त भएको बताउँदै सधैँ शान्त राख्न सजग भएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *