सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

कैलालीको भजनी नगरपालिका–२ रजवाराका १३ वर्षीया बालिका ममता विकको नजिकैको काँडा नदीमा नुहाउने क्रममा आज डुबेर मृत्यु भएको छ ।

डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

भजनी– सुख्खड सडक खण्डमा से१त ८६३५ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका सुपप्र ०१०१० प ९०६८ नंको मोटरसाइकलका चालक भजनी नगरपालिकाका २५ वर्षीय धिरज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । ठक्कर दिएर फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, कैलालीको चुरेपहाडी क्षेत्र मोहन्याल गाउँपालिका–३ मा रहेको साँघुरो खोलामा आजै एक व्यक्ति मृतावस्थामा भेटिएका छन् ।

सुर्खेत घर भई हाल मोहन्यालमा बस्दै आएका ४२ वर्षीय भक्तबहादुर रानामगर उक्त खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर