उपनिर्वाचनको उम्मेदवारीबारे एकीकृत समाजवादीले भोलि निर्णय लिने

नेकपा (एकीकृत समाजवादी) ले वैशाख १५ मा हुने उपनिर्वाचनबारे सोमबारसम्ममा उम्मेदवार उठाउने नउठाउने निर्णय लिने भएको छ ।

आइतबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

नेकपा एमालेले उपनिर्वाचनमा उम्मेदवार तय गरिसकेको छ । माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार उठाउने नउठाउने भन्ने निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *