ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु

ललितपुरमा ढाेलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति होली खेल्ने क्रममा दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो ।

झडपमा परी सुनसरी घर भई ढाेलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *