सुनकोशीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

होलि खेल्ने क्रममा सुनकोशी नदिमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

आइतबार होलि खेल्दै उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङ स्थित सुनकोशी नदिमा पौडी खेल्न पुगेका ३ जना बालबालिका बेपत्ता भएका थिए । हिजो सांझ अबेर सम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनिहरुलाई फेला पार्न नसके पछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरि बाट गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर सहितको फौज परिचालन गरि खोजी कार्य शुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *