अछाममा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए । घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ भने दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *