अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१-००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-१ रिसिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् । ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक जना बालक गरी ३ जना घाइतेलाई बयालपाटा अस्पाताल लगिएको र उनीहरूको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *