दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको आजको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

दुर्गा प्रसाईं स्वामित्वको उक्त मेडिकल कलेजले सम्बन्धन नपाएपछि प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

रिट निवेदनमा मागदावी गरिएअनुसार इजलासले आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । विस्तृत विवरण संक्षिप्त आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *