आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती  र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *