एमाले उपाध्यक्ष पौडेल बोआओ फोरममा सहभागी हुन चीन प्रस्थान

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरममा सहभागी हुन आज चीन भ्रमणमा गएका छन् ।

मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुन लागेको बोआओ फोरमको कार्यक्रममा पौडेल सहभागी हुने भएका हुन् । कार्यक्रममा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत पनि सहभागी हुनेछन् ।

९ दिने भ्रमणका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि यतिबेला चीनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *