पर्खेर बसौं, कांग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्‍याउँछः प्रदीप पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताएका छन् । सांसद पौडेलले सत्ता गठबन्धन स्थायी नहुने दाबी समेत गरे ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पु¥याउने जिकिर समेत गरे । कांग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै उनले सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औंल्याए ।

‘कांग्रेसका लागि सत्ता ठूलो होइन । पर्खेर बसौं–कांग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पु¥याउँछ । त्यसका निम्ति हतार नगरौं । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरु आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ । तर नेपाली काँग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रष्ट हुनुपर्छ,’ पौडेलले भने ।

उनले अगाडि भने, ‘अहिले देखिएका बेथितिहरुको अन्त्य कसरी गर्ने हो ? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ । त्यसैले ब्लुप्रिन्ट तयार गर्नतिर लागौं । नेपालको समृद्धि हामीले कसरी गर्दै छौं ? नेपालमा सुशासन हामीले कसरी कायम गर्दैछौं ? नेपालका तमाम शैक्षिक संस्थाहरु हामीले कसरी सुधार गर्दैछौं ? नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य मानिसहरुको पहुँज कसरी स्थापित गर्दैछौं ? वैदशिक रोजगारीको यो बाध्यतालाई कसरी न्युनिकरण गरेर लाँदैछौ ? यी तमाम विषयमा हामीले एउटा स्पष्ट दृष्टिकोण बनाएर अगाडि बढौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *