विराटनगरका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार सापकोटा र शर्मासहित शेरबहादुर बस्नेत र शरणकुमार खरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीहरुले चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र नं. ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनिमियतता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले सापकोटा र शर्मालाई बिगो ८४ लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ७ र दफा २१ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको रकमको दोव्वर जरिवाना हुने सजायलाई आधारमानी सोही ऐनको दफा २१ वमोजिम आधा सजाय हुन मागदाबी लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *