गृहमन्त्री लामिछाने र दक्षिण कोरिया राजदूत ताइयोङबीच भेटवार्ता

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि दक्षिण कोरिया राजदूत पार्क ताइयोङबीच भेटवार्ता भएको छ ।

मंगलवार मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५०औं वर्षगाँठको उपलक्ष्यमा शुभकामना आदान–प्रदान गरे । भेटमा राजदूत ताइयोङले गृहमन्त्रीलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

ताइयोङले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको संख्या बढाउँदै लैजाने, दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने र साना उद्यमको विकासमार्फत नेपाल फर्किएकालाई रोजगारी सिर्जनामा केन्द्रित गराउने प्रयास भइरहेको जानकारी दिए । नेपालमा कोरियाबाट प्रत्यक्ष वैदेशिक लगानी र सहायतामा भित्र्याउन पनि जोड दिइएको उनको भनाइ छ ।

दक्षिण कोरियामा काम गर्ने श्रमिक र श्रमिकको परिवारको तर्फबाट समानजनक काम गर्न अवसर दिएकोमा गृहमन्त्री लामिछानेले धन्यवाद व्यक्त गर्दै कृषि, उद्योग, पर्यटन, सीप विकास, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दक्षिण कोरियाको ठूलो सहयोग र सहकार्य रहने अपेक्षा व्यक्त गरे ।

दक्षिण कोरियाको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुकरणीय रहेकाले विश्वले नै अनुशरण गर्न सकिने भन्दै मन्त्री लामिछानेले सुशासन र भ्रष्टाचार अन्त्य नै आफ्नो पार्टी र आफ्नो उद्देश्य रहेको प्रष्ट पारे । दक्षिण कोरियासँग नेपालको आशा र अपेक्षा पनि धेरै क्षेत्रमा रहेको भन्दै मन्त्री लामिछानेले सहकार्यलाई थप प्रगाढ बनाउन आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *