गृहमन्त्रीलाई कृष्णगोपाल श्रेष्ठको प्रश्न- तपाई दुर्गा प्रसाईंको जस्तो हतियारसहित हिँड्नुहुन्छ कि हुन्न?

नेकपा(एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन? भनेर प्रश्न गरेका छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले राज्यका उच्च पदस्थ व्यक्तिहरुको सुरक्षाको सम्बन्धमा प्रश्न गरे। उनले दुर्गा प्रसाईंजस्तो नागरिकले उच्च तहको हतियार बोकेर हिँड्ने गरेको भन्दै उनलाई त्यो तहको सुरक्षा आवश्यक थियो कि थिएन भनेर प्रश्न गरेका हुन्।

उनले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री त्यो तहको हतियार बोकेर हिँड्छन् हिँड्दैन भनेर प्रश्न गरे। उनले हतियार बोक्न अनुमति दिने अधिकारीको सम्बन्धमा पनि प्रश्न उठाएका छन्।

उनले भने– ‘एउटा नागरिकको सुरक्षाको लागि त्यो तहको हतियार बोक्नुपथ्र्यो कि पर्दैनथ्यो? त्यति संख्याको गोलिगट्ठा बोक्नुपथ्र्यो कि पर्दैनथ्यो? यो मुलुकको राष्ट्रपतिको सुरक्षामा हिड्ने सुरक्षाका अगुवा र पछुवाले कुन तहको हतियार बोक्छन्? प्रधानमन्त्री, गृहमन्त्री हिड्दाखेरी अगाडस, पछाडी त्यो तहको हातहतियार र गोलिगट्ठासहित हिँड्ने गर्नुभएको छ कि छैन? जवाफ दिनुपर्‍यो नि। लाइसेन्सप्राप्त हतियार? लाज पनि छैन। कसले दिएको त्यो लाइसेन्स्। त्यस्तो हतियार बोक्ने लाइसेन्स कसले दियो? लाइसेन्स चेक गर्नुपर्‍यो। दिने मान्छे को हो? कहाँबाट दियो? र त्यही हतियारको लाइसेन्स दिएको हो कि होइन? यसमा गृहमन्त्रीले गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले व्यवसायी दुर्गा प्रसाईंले जस्तै हतियार बोक्ने अरु पनि भएको हुनसक्ने भन्दै छानबिन गर्न गृहमन्त्रीलाई आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *