सेनाले गरिरहेका विकास निर्माणका काम चित्त बुझ्दो तरिकाबाट नभए एक्शनमा जान्छु : मन्त्री उप्रेती

रक्षमन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले गरिरहेका विकास निर्माणका काममा चित्त बुझ्दो तरिकाबाट काम नभए एक्शनमा जाने बताएका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री उप्रेतीले नेपाली सेनाले काम गरिरहेका केही आयोजनाहरूको आफूले निरीक्षण गरेको र अब काम ढिला नगर्न विभिन्न उपायहरू दिएको भन्दै अब पनि काम तरिकाअनुसार हुन नसके आफू एक्शनमा जाने बताए । उनले नेपाली सेनालाई स्थानीय निकायको गिटी बालुवा बेचबिखनका केही समस्या रहेकाले पनि काममा ढिलाइ भइरहेको जानकारी आफूले पाएको बताए । उनले काम गर्दै जाँदा गाउँ नै बग्ने समस्याहरू आएका कारण पनि काममा केही ढिलाइ हुन गएको बताए । उनले त्यही खर्चमा स्लोपिङको बाटोको ठाउँमा सुरुङ मार्ग बनाउनुपर्ने स्थिति सिर्जना भएको कारणले पनि विकास निर्माणका काममा केही ढिलाइ भएको बताए ।

मन्त्री उप्रेतीले विकास निर्माणमा अब अवरोध हुने/गर्ने छुट आफूहरूलाई नरहेको बताए । सेनालाई विकास निर्माणका काममा नदीजन्य पदार्थले अवरोध गरेको हो भने स्थानीय सरकारको नियमअनुसार चल्नुपर्छ भने आफ्नो किसिमले क्रसर राख्न सक्ने बताए । उनले व्यापारीको कन्टेनरको पछि फास्ट ट्रयाकको इक्वीपमेण्टहरु लागेर फास्ट ट्रयाक बन्न नसक्ने बताए ।

मन्त्री उप्रेतीले ‘बरु भुसको रोटी खान्छु तर देश बनाउँछु’ भन्ने प्रतिबद्धतासहित लाग्ने हो भने देश बन्न समय नलाग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *