गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, गोर्खा सैनिकका मुद्दा सम्बोधन गर्न जोड

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । सो क्रममा राजदूत फेनले गृहमन्त्री लामिछानेलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

गृहमन्त्री लामिछानेले एक सय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर–सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गरेका थिए ।

लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र वञ्चितीकरण न्यूनीकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा गृहमन्त्रीले व्यक्त गरेका थिए ।

सो अवसरमा गृहमन्त्री लामिछानेले गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले तिनले उठाउँदै आएका मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

राजदूत फेनले जाजरकोट भूकम्पको पुननिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको गृहमन्त्रीलाई जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर