सिमामा सशस्त्रले थाल्यो २४ घण्टा सातैदिन पैदल गस्ती

‘सीमा उपारबाट पिल्लर सार्ने र नेपाली भूमि बार्ने’ विगतले निरन्तरता नपाओस् भन्ने पर्साको ठोरीवासीको चाहना गलत थिएन । यत्ति चाहना माथि पनि विगतमा केही भारतीय सुरक्षाकर्मी र केही उपारका मानिसबाट हस्तक्षेप हुँदा उनीहरु अलि सशंकित थिए । तर ठोरीवासीको आशंका अब हट्छ कि भन्ने विश्वास जगाएको छ सशस्त्र प्रहरी बल नेपालले ।

नेपाल र भारतको सीमा नजिकमा पर्ने ठुटे खोला छेउमा उताबाट केही हस्तक्षेप हुने र पटक–पटकको झडपले विगतमा पर्साको ठोरीवासी सशंकित थिए । छिमेकी–छिमेकीका बीचमा यस्तो नहोस्, सीमा अतिक्रमण दुवैतर्फबाट नहोस्, मिलेर बसौं भन्ने मात्र उनीहरुको चाहना थियो । यो चाहनामा स्थानीय सम्यन्त्र पनि चुक्दा कहिले काही समस्या देखिन्थो । ठोरीवासीको चाहनासँग आम नेपाली र आम भारतीयको पनि मत नमिल्ने चाही होइन ।

तथापि सीमामा हुने केही व्यवहारले वेला–वखत सीमामा हल्का खटपट भने देखिन्थो । त्यो खटपटबाट अब ठोरीवासी अलि आश्वस्त हुनुमा दुवै छिमेकीका सुरक्षाकर्मीको संयुक्त सीमा गस्ती प्रारम्भले हो । त्यो पनि २४ घण्टै र सातै दिन नियमित । आपसी मत–मतान्तर र सीमामा हुने अवैध गतिविधि सकेसम्म नहोस् भनी नेपालको सशस्त्र प्रहरी बल नेपालले ‘सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ सुरु गरी त्यसै कार्यक्रम अन्तर्गत भारतीय सुरक्षाकर्मीसँग पनि सहकार्यको हात बढाएको जनाएको छ ।

गएको आईतबार अर्थात यहि चैत ११ गते पर्साको ठोरीबाटै दुवै देशका सुरक्षाकर्मीको सौहार्दपूर्ण गस्ती सुरु भएको छ । नेपाल र भारतको मैत्रीपूर्ण यो व्यवहार विश्वका अरु देशका लागि पनि अनुकरणीय झैं देखिन्थो । सशस्त्र प्रहरीले दुवै देशका सुरक्षाकर्मी सहित सीमामा गस्ती बढाएपछि मधेश प्रदेशको पर्साका ठोरीवासीको पनि पुरानो घाउ केही मत्थर हुने संकेत गरे । दुई छिमेकीका बीचमा सौहार्दपूर्ण व्यवहार होस् भनी सशस्त्र प्रहरीले सीमासँग सशस्त्र प्रहरी कार्यक्रम सुरु गरेको जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *