रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली सेभास्तोपोल शहरका गभर्नरले बताए ।

एउटा सैन्य विमान समुद्रमा खसेको छ, गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्राममा गरेको पोस्टमा लेखेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा एउटा विमान आकाशबाट खसेको देखिएको छ ।

युक्रेनी प्रायद्वीप क्रिमियाको दक्षिणी शिखरमा ‘ब्ल्याक सी’को क्षेत्रको ऐतिहासिक रूसी मुख्यालय रहेको सेवस्तोपोललाई सन् २०१४ मा मस्कोले कब्जा गरेको थियो ।

दुई वर्षदेखि जारी द्वन्द्वका क्रममा यो क्षेत्रमा युक्रेनी आक्रमण हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *