दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्धार गरिए पनि उनको अवस्था गम्भीर रहेको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तीर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तर पूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहाडमा ठोक्किएर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो। दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ । तर, उनको अवस्था गम्भीर रहेको छ ।

घटनापछि त्यहाँ स्थलगत निरीक्षण गर्न पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *