नेपालमा कस्तो शासन व्यवस्था चाहिन्छ, त्यसको निर्णायक नेपाली नै : राम माधव

नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहमा मुख्य अतिथिका रूपमा इन्डिया फाउन्डेशनका चेयरपर्सन राम माधव नेपालमा कस्तो शासन व्यवस्था चाहिन्छ, त्यसको निर्णायक नेपाली नै रहेको बताएका छन् ।

राष्ट्रिय स्वयंसेवक संघ भारतका अखिल भारतीय कार्यकारी मण्डलका सदस्य र भारतीय जनता पार्टीका पूर्वमहासचिव समेत रहेका उनले नेपालको विषयमा भारतले कहिले पनि हस्तक्षेप वा षड्यन्त्र नगर्ने बताए ।

नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको थियो । बुधबार काठमाडौंको बूढानीलकण्ठमा सुरु भएको सम्मेलनलाई ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।

तीन दिनसम्म चलेको सम्मेलनमा नेपाल र भारतका संस्कृतविद्हरू सहभागी भएका थिए । सम्मेलनलाई नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय र इन्डिया फाउन्डेसनले संयुक्तरूपमा आयोजना गरेका हुन् ।

राम माधवको सम्बोधनः

नेपालमा जे जति हुन्छ त्यो नेपाली समाजको इच्छा अनुसार नै हुन्छ । यहाँ बेलाबखत राजनीतिक कुरा चलिरहन्छन् । यहाँ यदि कोही हिन्दू राष्ट्रको कुरा गर्छ भने त्यसलाई भारतको षड्यन्त्र भन्ने गरिन्छ । म तपाईलाई आश्वस्त पार्छु, यसमा कुनै षड्यन्त्र छैन् ।

नेपालमा लोकतन्त्र छ, भारत पनि लोकतन्त्र छ । नेपालको लोकतन्त्र सफल होस् भन्ने चाहन्छ भारत । र, नेपालको लोकतन्त्र सफल बनाउने जिम्मेवारी नेपालीहरुको नै हो । कोही पनि यसमा न त षड्यन्त्र गर्छ, न हस्तक्षेप । यसमा यदि नेपालले सहयोगको इच्छा देखाउँछ भने भारत सहयोगका लागि हरदम तयार छ ।

यहाँ कस्तो शासन व्यवस्था चाहिन्छ ? यसको निर्णय यहाँका मानिसले नै गर्नुपर्छ । हामी साझा संस्कृति र साझा विरासतका मानिस हौं । यो राजनीतिक विषय नै होइन् । यो सभ्यताको विषय हो । एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ । यो संम्प्रभुताका विषय होइन् ।

यूरोपका २७ देश मिलेर त्यहाँका कयौं मुद्धामा सामुहिक तवरमा छलफल गर्छन र समस्या समाधान गर्छन् भने नेपाल र भारत मिलेर हाम्रो भाषा, संस्कृति अनि सभ्यताको पुनरूत्थानका लागि किन काम गर्न सक्दैनन् ? हामीले यो प्रयासलाई अगाडि बढाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *