पहिरोले बेँसी सहर-चामे सडक अवरुद्ध

पहिरोले बेँसी सहर-चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एक मात्र यस सडक खण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका वडा नं ४  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा  सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए।

पहिरोबारे डुम्रे-बेँसी सहर-चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर