दैलेखमा जीप दुर्घटना हुँदा ५ जना घाइते

दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *