मेडिकल व्यवसायी पण्डितसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोपमा व्यवसायी विशाल पण्डितसहित ७ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालि र यसका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डरसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ र हस्पिटेका बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध मुद्दा दायर गरेको हो । पण्डित बसेरा होटलका मालिक समेत हुन् ।

कोभिड महामारीको बेलामा कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा उनीहरुले अनियमितता गरेको अख्तियारको आरोप छ । उनीहरुले कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *