नेपालगन्जमा घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

नेपालगन्जमा एक युवकको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले शव २२ वर्षीय मोहम्मद अरबी खाँको भएको पर्दाफासलाई जानकारी दिए । ‘आज बिहान शव फेला परेको थियो । घटनाको अनुसन्धान सुरु भएको छ,’ उनले भने ।

उनको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म हत्याको कारण र संलग्नबारेमा खुलाइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर