घूस लिने कपिलवस्तुका वडाध्यक्ष रंगेहात पक्राउ

कपिलवस्तु, महाराजगञ्ज नगरपालिका वडा नं २ का वडाध्यक्ष उजेर अलि घुसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुससहित आइतबार नियन्त्रणमा लिएको छ ।

अलीले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग १५ हजार घुस लिइसकेपछि अख्तियारको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

कार्यकक्षबाटै वडाध्यक्ष अलीलाई घुससहित नियन्त्रणमा लिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर