कोटिभिटी नेपालविरुद्ध राजश्व छली गरेको अभियोगमा १० अर्ब ३६ करोडभन्दा बढीको मुद्दा

राजस्व अनुसन्धान विभागले अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको कर छली सम्बन्धी मुद्दा दायर गरेको छ ।

विभागले कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख बिगो र त्यति नै जरिवानाको दाबी गर्दै मुद्दा दायर गरेको हो । कोटिभिटी नेपाल, वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो । कम्पनीले स्वामित्व परिवर्तनका बेला कर कानुन अनुसार कर राजस्व दाखिला नगरी राजस्व चुहावट गरेको विभागका निर्देशक नवराज अधिकारीले जानकारी दिए ।

पहिलो पटक एउटै व्यावसायिक कम्पनीलाई यति ठूलो मात्रामा सजाय मागदाबी गरी मुद्दा दायर गरिएको निर्देशक अधिकारीले बताए । अमेरिकाको कोटिभिटी इन्कअन्तर्गत कोटिभिटी नेपाल सञ्चालित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *