स्रोत नखुलेको रकमसहित हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

स्रोत नखुलेको रकमसहित हुण्डी कारोबारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही मलंगवा न.पा. ३ का वर्ष २४ का कमर राजा र सोही स्थानका वर्ष ४० का आरिफ अंसारी रहेका छन् । आइतवार दिउँसो मलंगवा बजारमा अबैध हुण्डी कारोवारको रकम ओसार पसार भई रहेको सुराकीको आधारमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

कमर राजाले शंकास्पद अवस्थामा कालो रंङको झोला पिठ्यूमा बोकी हिड्दै गरेको अवस्थामा शंका लागि खोली हेर्दा झोलामा १० लाख र लक्ष्मी सनराईज बैंक लि. को ९ लाख ९० हजार जम्मा गर्ने २ वटा भौचर फेला पारेको थियो । उक्त रकम कहाँबाट ल्याएको भनि निजलाई सोधपुछ गर्दा अंसारीले संचालन गरेको फोन सिटी मोबाईल पसलबाट ल्याएको पाइएपछि नगद सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यसैगरि अंसारीले सञ्चालन गरेको फोन सिटी मोबाईल पसलमा खानतलासि गर्दा पसल भित्र रहेको – याकको तल खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टीक भित्र लुकाई छिपाई राखेको २७ लाख ७५ हजार ९७० फेला परेकोले सो रकम सहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *