रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन, १४ जना पक्राउ

रुसी फौजमा ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारले सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् ।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरवार अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्धारको माग राख्दै उनीहरूले सिंहदरवारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर