आयरल्यान्ड ‘ए’ टोलीविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल ‘ए’

आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपालको ‘ए’ टोलीले टस हारेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट भर्खरै भएको टसमा आयरल्यान्ड ‘ए’ का कप्तान निल रकले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।
नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृंखलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड एसँग नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
नेपाल ‘ए’ को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित लोकेश बम, देव खनाल, पवन सर्राफ, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, आरिफ शेख, नारायण जोशी, बसिर अहमद र राशिद खान छन् । त्यस्तै बेन्चमा हेमन्त धामी, अर्जुन घर्ती, विकास आग्री र किरण ठगुन्ना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर