घूससहित पक्राउ परेका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित पक्राउ परेका लेखापाल प्रमोद निरौलाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगार विभाग ताहाचलका लेखापाल निरौला गत फागुन ३० मा घुससहित पक्राउ परेका थिए ।

निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको १५ हजार रुपैयाँ घुससहित स्रोत नखुलेको ७१ हजार ६२० रुपैयाँसहित कार्यकक्षबाटै निन्त्रणमा लिएको थियो ।

अख्तियारले निरौलाविरुद्ध १५ हजार बिगो, कैद र जरिवानाको माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *