आयरल्यान्ड ‘ए’ विरुद्ध अन्तिम टि–२० खेलमा नेपाल ‘ए’ विजयी

आयरल्यान्ड ‘ए’ विरुद्ध अन्तिम टि–२० खेलमा नेपाल ‘ए’ ३ रनले विजयी भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २ सय १४ रनको लक्ष्य दिएको थियो । तर, आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन मात्र बनाउन सफल भयो ।

आयरल्यान्डका लागि मोर्गन टपिङले ६० र ग्यारेथ डेलानीले ६८ रन प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । नेपालका लागि विपिन खत्रीले ३, कमल ऐरी, नारायण जोशी र राशिद खानले समान १ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका तर्फबाट मध्यक्रमका ब्याटर आरिफ शेखले नटआउट ९३ रन बनाए । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।

बसिर र आरिफले चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । ११ औं ओभरमा बसिर १९ रन जोड्दै एलबीडब्लु आउट भए । पवन सर्राफले १२ बलमा १३ रन जोडे । राशिद खानले १३ बलमा ३ छक्कासहित २४ रन जोडे । त्यसपछि कमलसिंह ऐरीले नटआउट १९ रन बनाए ।

फिओन ह्यान्डले २ विकेट लिँदा लियाम मकार्थी, म्याथ्यु फोस्टर, ग्यारेथ डेलनी र ग्याभिन होएले १–१ विकेट हात पारे ।

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृंखलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड एसँग नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *