अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन् : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन्।

सोमबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले पहिलाको तुलनामा अहिले अलालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताए।

उनले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गरे। उनले अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए।

उनले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको बताए। उनले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध रहेको बताए।

प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरुमा आवश्यक पर्ने न्यायाधीशहरुको व्यवस्थापन बिस्तारै हुँदै जाने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर