धरानका मेयर साम्पाङकाे काठमाडौंमा एकल प्रदर्शन

धरानका मेयर हर्क साम्पाङ केही दिनदेखि संघीय राजधानी काठमाडौंमा छन् । धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर उनी सिंहदरबार धाइरहेका छन् ।

यो बीचमा उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटे ।

काठमाडौं आएको मौकामा उनले आज बिहानै सडक किनारमा एक्लै उभिएर प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा वकालत गरेका छन् ।

उनले ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको तस्बिरमा फेसबुकमा हालेका छन् ।

आज ‘जनमतबार’ भन्दै साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर