संसदमा राजेन्द्र पाण्डेको प्रश्न: गृहमन्त्री र रक्षामन्त्रीले प्रशिक्षार्थी प्रहरी, सेना भर्ना गर्न किन नपाउने ?

सत्तारूढ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले शिक्षा मन्त्रालयमा निजामती कर्मचारीमाथि अविश्वास गरी प्रशिक्षार्थी कर्मचारी भर्ना गर्न लागिएको भन्दै मन्त्रीको कदममाथि प्रश्न गरेका छन् ।

बाहिरबाट कर्मचारी ल्याउँदा भइरहेको कर्मचारीतन्त्रमाथि हस्तक्षेप हुने उनको भनाइ छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले शिक्षामन्त्री सुमना श्रेष्ठको मन्त्रीस्तरीय यो निर्णयबाट ७४ हजार कर्मचारीमाथि कस्तो प्रभाव पर्ला भन्ने प्रश्न पनि गरे ।

‘शिक्षा मन्त्रीले भइरहेका कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थीका रूपमा भर्ना गर्दै ल्याउनु हुँदा ७४ हजार निजामती कर्मचारीमाथि कस्तो प्रभाव पर्ला, सरकारले सोचेको छ ?,’ उनले प्रश्न गरे, ‘के हेर्नु भएको छ देशका प्रधानमन्त्रीले ?’

उनले अगाडि भने, ‘आज शिक्षामन्त्रीले गरेजस्तै, भोलि गृहमन्त्रीले मेरो मातहतका पुलिसले सहयोग गरेनन्, छुट्टै प्रशिक्षार्थी पुलिस भर्ना गर्छु भन्ने कि नभन्ने ? त्यस्तै रक्षा मन्त्रीले अहिलेका सेनाले काम गरेनन् छुट्टै प्रशिक्षार्थी सेना भर्ना गर्छु भन्न पाउने कि नपाउने ?’

यस विषयमा शिक्षामन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने उनले माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर