राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भयोः सोविता गौतम

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उनको भनाइ थियो । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागबण्डाको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् ।

‘अब न्यायाधिश नियुक्तीको विषयमा पनि हामीले सोच्नुपर्ने विषय छ सभामुख महोदय । न्यायाधीश नियुक्तीमा हामीले राजनीतिलाई छिरायौं सभामुख महोदय । आज सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा एक जना खाली भयो भने त्यहाँ नियुक्ति गर्नुपर्नेमा ४/५ जना खाली गराउने पर्खाइमा छौँ । र त्यहाँ भागबण्डा गर्ने पर्खाईमा छौ कि सभामुख महोदय । यो विषयमा हामीले गम्भीर भएर सोच्नुपर्ने स्थिति आइसकेको छ,’ गौतमले भनिन् ।

कारागारभित्र क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको भन्दै उनले आपत्ति समेत जनाइन् । सांसद गौतमले सुधारका लागि कारागारमा लगिएको कैदीबन्दीहरु झनै अपराधिक मनोबल लिएर बाहिर आउने सम्भावना रहेको औंल्याउँदै त्यसतर्फ गम्भीर भएर काम गर्न पनि सरकारलाई आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर