सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमः अभिभावक विहीनलाई छात्रवृत्ति

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले ‘२३औँ सशस्त्र प्रहरी दिवस–२०८०’को अवसरमा अभिभावकविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

दिवसको अवसरमा झापा गौरीगञ्ज गाउँपालिका–४ स्थित मुसहर समुदायका अति विपन्न एवं अभिभावकविहीन गौरिया आधारभूत विद्यालयमा कक्षा–३ मा अध्ययनरत रानी रिषिदेवलाई एपिएफ स्कूलमा कक्षा–१० सम्म निःशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको हो । बुबाआमा गुमाएकी रानी हाल दिदीभिनाजुसँग बस्दै आएकी छन् ।

त्यसअवसरमा यहाँ आयोजित एक कार्यक्रबीच प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्यालले रानीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

सीमा सुरक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको साथ र सहयोग अपरिहार्य रहने सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले बताए ।

उनले विपन्न एक सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालयलाई दुई थान खेलकुद सामग्री पनि वितरण गरे । कार्यक्रममा राजस्व चुहावट नियन्त्रण, सीमा अपराध नियन्त्रणसम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । दिवसकै अवसरमा ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत गत चैत ७ गतेबाट मेचीनगर नगरपालिका–१ स्थित तिरिङबाट संयुक्त पैदलयात्रा गरिएको छ ।

जिल्लाको सीमा इलाका दुरी १४४ दशमलव ०२ किलोमिटर दूरीमा चार वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र १७ वटा बीओपी तैनाथ रहेको र अन्य विभिन्न स्थानमा १६ वटा बीओपी स्थापनाका लागि प्रस्तावित गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *