वायुसेवा निगमको भ्रष्टाचार र पक्षपात अन्त्य गर्न दृढ छुः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने समेत बताए । बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गरेका थिए ।

मन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यससम्बन्धि निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताए । उनले निगमको सारभुत परिवर्तनका लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न सरकारले चाहेको बताए ।

‘नेपाल वायुसेवा निगमको संस्थागत सुधार, व्यवसायिक विकासमार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदानसहित पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने गरी मन्त्रालयले सुधारको पहलकदमी लिँदै गरेको छ । विभिन्न सुधारका समितिहरु गठन गरी सुझाव प्राप्त गर्दै कार्यान्वयनमा लगिरहेको छ । निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको छ । व्यवस्थापन करार भनेको बिक्री होइन, मन्त्रालय निगमको सारभूत परिवर्तनका लागि नागरिक उडड्यनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णयमा पुग्नु अघि व्यापक छलफल हुने नै छ । निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको विषय रहेकाले निगम सम्बन्धमा मन्त्रालयबाट चालिने कदम पारदर्शी र राष्ट्रिय हित केन्द्रित हुनेछ । र राखिने व्यहोरा जानकारी गराउँदछु । यसमा कुनै ढाकछोप गर्नुपर्ने विषय छैन,’ मन्त्री तामाङले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर