व्यापारी श्रेष्ठको हत्याका अभियुक्त माओवादी नेता कालीबहादुर खाम पक्राउ

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।

यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए ।

खामलगायत माथि २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *