बरोडालाई नेपालको १ सय ५७ रनको लक्ष्य

एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक टि–२० शृंखलाको आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको राज्यस्तरको टोली बरोडालाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।

गुजरातको वापीमा भएको आजको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले ४० रन बनाए । अनिलकुमार साहले २५, रोहितकुमार पौडेलले १८, गुल्सन झाले १३ र सन्दीप जोराले २९ रन बनाए ।

बरोडाका लागि बाबा खानले २, मोहित र परीक्षितले समान १ विकेट लिए । बरोडाका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरेको हो ।

यसअघि नेपालले गुजरातविरुद्ध ८ विकेटको सहज जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर